News

ललिता निवास प्रकरणमा कमल थापाले भने– 'निर्दोष नफसून्, दोषी नउम्किऊन्'

ललिता निवास प्रकरणमा कमल थापाले भने– 'निर्दोष नफसून्, दोषी नउम्किऊन्'

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा दायर भएकाे मुद्दामा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन्।

अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए।

अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफूले लिएको थपाले बताए।

उनले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे। उहाँले एनसेल काण्ड, वाईडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा पनि अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरे।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरे। एमसिसीमा भएका सामान्य त्रुटीहरू हटाएर सहायता लिनुपर्ने उनले बताए।

विशेष