News

गगन थापाले भने, ‘ललिता निवास प्रकरणका सबै दोषीलाई कारबाही हुनुपर्छ’

गगन थापाले भने, ‘ललिता निवास प्रकरणका सबै दोषीलाई कारबाही हुनुपर्छ’

काठमाडौंः नेपाली कांग्रेस नगरसमिति कालिका नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्टाचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

सरकारले ललिता निवासको जग्गाको विषयमा कांग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो। उनले भने, ‘ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारबाही नहुनुे कस्तो बिडम्बना हो?’

पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए। जनताले अहिले संगठित कांग्रेस खोजेको भन्दै उनले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए।

नेपाली काँग्रेस गगनकुमार थापा ललिता निवास प्रकरण

विशेष