News

इटहरीका मेयर द्वारिकलाल चौधरीले ४५ लाख मागेको खुलासा!

इटहरीका मेयर द्वारिकलाल चौधरीले ४५ लाख मागेको खुलासा!

सुनसरी –  सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको खुलासा भएकाे छ। याे सँगै मेयर चाैधरी पुनः विवादमा तानिएका छन ।

मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गरेसँगै चौधरी पुनः विवादमा तानिएका हुन ।

चौधरीले चुनावको ऋण र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको चौलागाईंले खुलासा गरेका हुन् । क्रबार मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईँलाई पक्राउ गर्न लगाएको समाचार बाहिरिएसँगै चौलागाईँले फेसबुक स्टाटसमार्फत ४५ लाख रुपैयाँ मागेको खुलासा गरेका हुन ।

उनले फेसबुक स्टाटसमार्फत यस्तो दावी गरेका हुन । मेयर चौधरी र चौलागाईंबीच तत्कालीन नेकपा एमाले हुँदाताकादेखि नै जिल्ला कमिटीदेखि नै बिवाद हुँदै आएको छ ।

 

विशेष