News

शनिदेवको कृपा पाउन अपनाउनुहोस् यो उपाय, हुनेछ लाभ

शनिदेवको कृपा पाउन अपनाउनुहोस् यो उपाय, हुनेछ लाभ

हिन्दु धर्ममा शनिवार भगवान शनिदेवसँग सम्बन्धित हुन्छ । ९ ग्रहमध्ये शनि सबैभनदा शक्तिशाली ग्रह हो। त्यसैले यस दिन शनिदेवलाई असर पर्ने कुनै पनि कार्य गर्नुहुँदैन । शनिवारको दिन भगवान शनिदेवलाई खुसि पार्न यी उपाय अपनाएको खण्डमा बिशेष लाभ हुने धार्मिकशास्त्रमा उल्लेख छ।

-शनिको दोषबाट मुक्ति पाउन शनिवारका दिन आँखा नभएको मानिसलाई कालो जामुन खुवाउनाले जीवनभर शनिदेवको कृपा रहिरहने बिश्वास गरिन्छ ।

-शनिवारको दिन कालो कुकुरलाई रोटि खुवाउनाले पनि शनिको दोषबाट मुक्ति पाउन सकिन्छ।

-शनिदेवलाई खुसि पार्नका लागि तथा शनिदोषबाट मुक्ति पाउनका लागि शनिवार महामृत्युञ्जयको मन्त्र जप गर्नु आवश्यक छ 

-शनिवारको दिन शनिदेवको मन्दिरमा गई शनिदेवलाई सर्स्युको तेल चढाउदा पनि बिशेष लाभ हुने बिश्वास गरिन्छ।

यदि तपाईलाई शनिदोष छ र शनिदेवको कृपा पाउन चाहनुहुन्छ भने शनिवारको दिन "ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः या ॐ शनैश्चराय नमः मन्त्र जप गर्नुहोस जसले शनिदेवको कृपा त मिल्छ नै साथमा समस्त ग्रहदोषबाट मुक्ति पाइन्छ।  

 

 

शनिबार शनिदेव

विशेष