News

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, असईसहित २ प्रहरी घाइते

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा आक्रमण, असईसहित २ प्रहरी घाइते

काठमाडौंः सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । शुक्रबार राति आएको एक समूहले तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिए । 

उकना अनुसार आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् । १०–१२ वटा मोटरसाइकलमा आएको समूहले प्रहरी चौकीमा एक्कासि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

‘उच्छृंखल समूह आएको रहेछ, तिनलाई प्रहरीले सम्झाईबुझाई गर्दा प्रहरीलाई नै आक्रमण गरेछन्,’ अहिले घटनास्थलमै रहेका एसपी महर्जनले भने, ‘चौकी बाहिर राखिएको चिर्पटलगायतले जथाभावी प्रहार गरेका रहेछन् ।’

अन्धाधुन्ध आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो । घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन पनि राति नै घटनास्थल पुगेका हुन् । 

सिन्धुपाल्चोक प्रहरी चौकी आक्रमण

विशेष