News

चितवनको एक फर्निचरमा भीषण आगलागी

चितवनको एक फर्निचरमा भीषण आगलागी

चितवनः भरतपुरको एक फर्निचरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ नारायणपुर स्थित रोयल वुड पार्केट इन्डष्ट्रीजमा आज बिहान आगलागी भएको हो ।

बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एक नारायण कोइरालाले जानकारी दिए । 

आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनाको दमकल, माडी नगरपालिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

चितवन फर्निचरमा आगलागी

विशेष