महाभारत: भगवान श्रीकृष्णको मित्रताबाट सिक्नुहोस, उनको व्यक्तित्वको यो गुण
भगवान श्रीकृष्णको लीलाको बारेमा धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । उनि लीला रचाउन सिपालु भगवान हुन्। उनले रचाउने हरेक लीला मानिसलाई आदर्श जीवन बिताउन प्रेरित गर्छ। आधुनिक युगमा कुनै प्रभावशाली व्यक्तिको उदाहरण दिनुपर्यो भने श्रीकृष्णको नाम लिने गरिन्छ। श्रीकृष्णलाई आराध्य देव र जननायकजस्ता नामले पनि पुकारिने गरिन्छ।
महाभारतको प्रसंगमा कुरा गर्दा उनि उक्त समयभन्दा अलि बढी नै आधुनिक थिए। महिला सशक्तिकरणदेखि लिएर अन्यायको बिरुद्धमा आवाज उठाउने भगवान कृष्णको प्रसंशा मात्र नभई उनले देखाएको बाटो पनि हिड्ने गरिन्छ। उनै भगवान कृष्णको आदर्श जीवनबाट मनुष्यले पनि केहि कुरा सिक्नु आवश्यक छ।
कृष्ण र अर्जुनसँग जोडिएका केहि रोचक प्रसंगहरु महाभारतमा पढ्न र सुन्न पाइन्छ। कृष्ण माता कुन्तिलाई फुपू भनेर सम्बोधन गर्ने गर्थे तर अर्जुनसँग उनको सम्बन्ध एक सच्चा मित्रको थियो। कुरुक्षेत्रको रणभूमिमा श्रीकृष्ण अर्जुनको सारथी भई उनलाई सत्यको मार्ग निर्देश गर्ने पाठ सिकाए। जसले गर्दा अर्जुनमा युद्ध गर्ने थप साहस जाग्यो।
उनले अर्जुनको हरेक समस्यामा साथ दिए यसबाट के कुरा पनि सिक्न सकिन्छ भने जस्तोसुकै परिस्थितिमा पनि आफ्ना साथीलाई नयाँ काम गर्न प्रोत्साहित गर्नुपर्छ।
त्यस्तै महाभारतमा द्रौपदीको चीरहरणको निन्दनीय प्रसंगको बारेमा त् सबैलाई थाहा नै होला। जब कौरबले द्रौपदीको चिरहरण गर्न लागे त्यसबखत सबै योद्धाहरु मौन रहे तर पनि श्रीकृष्णले अदृश्य रुपमा द्रौपदीको चिरहरण हुनबाट बचाए। यस घटनाबाट हामी के कुरा सिक्न सक्छौं भने अरुको समस्यामा बिना संकोच सहयोग गर्न तत्पर रहनुपर्छ। यसलाई अति जरुरी पनि मानिन्छ।