विदेश

अन्टार्टिकाको तापक्रम अहिलेसम्मकै उच्च, १८.३ डिग्री सेल्सियस मापन

अन्टार्टिकाको तापक्रम अहिलेसम्मकै उच्च, १८.३ डिग्री सेल्सियस मापन

एजेन्सी। पृथ्वीकै चिसो महादेश अन्टार्टिकामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ ।

विहिवार अन्टार्टिकामा १८ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो तापक्रम पाँच बर्षअघी सन् २०१५ को मार्च महिनामा मापन गरिएको भन्दा शुन्य दशमलव ८ डिग्रीले बढी हो ।

सन् २०१५ मा अन्टार्टिकामा सबैभन्दा धेरै  तापक्रम १७ दशलमव ५ डिग्री मापन गरिएको थियो । जलवायू परिवर्तनका कारण पृथ्वीको समग्र तापक्रम नै बढिरहेको र त्यसको असर अन्टार्टिका महादेशमा पनि परेको वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो ५० बर्षमा त्यहाँको तापमान ३ डिग्री बढिसकेको छ । तापक्रम बढ्दै जाँदा त्यहाँका हिमखण्डहरु समेत पग्लन शुरु गरेका छन् । यो क्रम चलिरहे यस शताव्दीको अन्त्यसम्ममा समुन्द्रमा पानीको  सतह १० फिटले बढ्नेतर्फ पनि वैज्ञानिकहरुले सचेत बनाएका छन् ।।

तापक्रम अन्टार्टिका

विशेष