सरकारकाे यस्तो निर्णयमाथि थारु कल्याणकारिणीको आपत्ति
काठमाडौं – केही दिनअघि सरकारले गरेको एउटा निर्णयमाथि कल्याणकारिणी सभाले आपत्ति जनाएको छ । नेपाल सरकारले राना थारुलाई छुट्टै पहिचान दिएको भन्दै निर्णय गरेपछि थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको हो ।
थारु कल्याणकारिणी सभाद्वारा जारी गरिएको विज्ञप्तिमा आदिबासी थारुहरुलाई छुट्याएर कमजोर बनाउने र खण्डित गर्ने काम सरकारले गरेको उल्लेख छ।
थारु कल्याणकारिणी सभाले प्रेस विज्ञप्तीमा भनेको छ– आदिबासी जनजातिको आुसुचिमा राना थाहरुहरुलाई सुचिकृत गर्ने सरको निर्णयप्रति हाम्रो आपत्ति छ । फुटाउ र शासन गर्ने नीति थारुहतलाई दास र कमैया बनाउने रणनीति रहेको आरोप लगाएको छ ।
साथै सरकारले गत माघ २० गते राना थारुलाई छुट्टै जात भनेर सुचिकृत गरेको निर्णय अबिलम्ब फिर्ता गर्न माग समेत गरेको छ ।