News

आजको मौसमः मध्य र पूर्वी पहाडका केही भागमा पानी पर्ने सम्भावना

आजको मौसमः मध्य र पूर्वी पहाडका केही भागमा पानी पर्ने सम्भावना

काठमाडौंः आज पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । 

जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।  

मौसम जल तथा मौसम पूर्वानूमान महाशाखा

विशेष