नेकपा सचिवालय बैठक स्थगित

काठमाडौंः आइतबार बिहान ११ बजे बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
‘प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने जानकारी आयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘अर्को मिति तय भइसकेको छैन ।’ प्रधानमन्त्री ओलीले शनिबार नियमति डायलाइसिस गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली केही दिनयता लगातार कार्यक्रमहरुमा सहभागी हुनुपरेको तथा शनिबार नियमित डायलाइसिस पनि भएकाले उहाँ आज कुनैपनि कार्यक्रममा सहभागी नहुने जानकारी दिए ।
नेकपा सचिवालय बैठक केपी शर्मा ओली