News

इच्छाकामना गाउँपालिकाद्वारा गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशालालाई ११ लाख सहयोग

इच्छाकामना गाउँपालिकाद्वारा गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशालालाई ११ लाख सहयोग

काठमाडौंः गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । 

रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे । 

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ । 

इच्छाकामना गाउँपालिका धुर्मुस–सुन्तली फाउण्डेशन गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशाला

विशेष