News विदेश

चीनमा कोरोना भइरसले लियो उग्ररुप: प्रहरी घर घरमा छापा मार्दै शिल लगाउँदै, ज्यान जानेको संख्या ८ सय नाघ्यो

चीनमा कोरोना भइरसले लियो उग्ररुप: प्रहरी घर घरमा छापा मार्दै शिल लगाउँदै, ज्यान जानेको संख्या ८ सय नाघ्यो

एजेन्सी । चीनको बुहानमा फैलिएको कोरोनाभाइरसविरुद्ध त्यहाँको सरकारले कडा कदम चालेको छ। उक्त क्षेत्रमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि त्यहाँको प्रशासनले आक्रमक शैली अपनाएपछि चिनियाँवासी त्रसित भएका छन् ।

बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । त्यस्तै प्रहरीले उनीहरुको घरमा शिलसमेत लगाएको छ। जसले त्यहाँको जन जीवन प्रभावित भएको छ। अहिले चीनको प्रभावित क्षेत्र सुनसान रहेको छ।

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर यी सम्पूर्ण प्रयासका बावजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या बढेर दुई गुणा भएको छ ।

सोशल मिडियामा व्यापक रूपमा भइरल भइरहेको केहि अन्य तस्बिहरू वुहानबाट आएको अकालन गरिएको छ। ‘ग्राउन्ड–शून्य’ शहरका बासिन्दाहरू, जहाँ भाइरसको उत्पत्ति भएको थियो, भीडबाट जोगिन र सार्वजनिक भेलाहरूमा भाग नलिनु भनिएको छ।

अन्य तस्बिरहरूले अनलाइनमा मास्क लगाएका मान्छेहरूको एउटा समूह देखाउँदछ कनकी उनीहरू डाक्टरलाई भेट्न पर्खिरहेका थिए अस्पतालको एउटा करिडोरमा। अनलाइन तस्बिरहरु पसलेहरुद्वारा पोष्ट गरिएको छ। चिन्तित स्थानीयहरू डराएपछि सुपरमार्केट खाली जस्तै भएको छ।

बुहान खेलकुल रंगशाला, प्रदर्शनी केनद्र र नयाँ विल्डीङ कम्प्लेक्सहरुमा विरामीलाइृ एक ठाँउमा राखिएको छ ।

होङ्गाशान स्टेडियममा जाँचको लागि मेसिन नै जडान गरिएको छ । चिकित्सकका अनुसार यदी कसैलाई उपचारको आवश्यकता पर्यो भने तिनलाई बाँकीबाट अलग राखिन्छ ।

युनिर्भसिटी अफ हङकङसँग काम गरिरहेका स्वतन्त्र संस्था ‘द चाइना मिडिया प्रोजेक्ट’का अनुसार चिनिया प्रशासन समाजिक संजाल कम्पनीको कामकारबाहीबाट सन्तुष्ट छैन ।

रिपोर्ट अनुसार देशका केही ठूला प्रवधि कम्पनी सिनो वीबो, टेनसेन्ट र बाइडान्सलाई सरकारको नेतृत्वले चलाउन लागेको छ।  सरकारी नियन्त्रणमा तिन वेबसाइटले संजालले कोरोनाभाइरसविरुद्धको लडाईमा सकारात्मक भूमिका निभाउने सरकारी स्रोतले बताएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको संख्या ८ सय नाघ्यो

चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको संख्या ८ सय नाघेको छ । करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको संख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ।

सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने कुल मारिनेको सङ्ख्या ८०३ पुगेको बीबीसीले जनाएको छ ।तीमध्ये एकजनामात्र चीन र हङ्‍कङभन्दा बाहिरका व्यक्ति हुन्। तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ।नयाँ कोरोनाभाइरसले ३४,८०० मानिस सङ्क्रमित भइसकेका छन्।

गत महिना विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले यसलाई विश्व जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो।डब्लुएचओले भाइरस सङ्क्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ सङ्क्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ। तर अहिले नै अब भाइरस सङ्क्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्ने बारे बताइहाल्ने अवस्था नरहेको उसले जनाएको छ।आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन्।

विशेष