मुगुमा घाम ताप्दै गर्दा लडेर शिक्षकको मृत्यु

मुगुः घाम ताप्दै गर्दा बसेको स्थानबाट लडेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा खत्याड गाउँपालिका ३ बुगा गाउँमा रहेको कालिका माध्यामिक विद्यालयमा कार्यरत बाँके नेपालजंग उपमहानगरपालिका ४ गणेशपुरका २७ वर्षीय जयबहादुर शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार गाउँ नजिक रहेको धारामा नुहाइ धुवाइ गरी पाखामा घाम तापी रहेका बेला एक्कासी बसेकै स्थानबाट लडेका थिए ।
टाउको र छातीमा चोट लागेका शाहीलाई उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए पनि राती ११ बजे मृत्यु भएको हो ।
मुगु शिक्षक