प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमा रहने

प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमा रहने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट कहिले ‘डिस्चार्ज’ गर्ने भन्ने विषयमा चिकित्सकहरुबीच नै कुरा बाझिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधवार डिस्चार्ज गर्ने  बताएको भोलिपल्ट प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमा रहने बताएकी छन् ।

शिक्षण अस्पतालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा डा. शाहले आफूहरु निश्चिन्त र विश्वस्त नभएसम्म डिस्चार्ज नदिने स्पष्ट पारिन् ।

प्रत्यारोपणमा संलग्न चिकित्सकहरुसमेत सहभागी पत्रकार सम्मेलनमा डा. शाहले डिस्चार्जपछि पनि संक्रमणको डर कायम हुने भएकाले प्रधानमन्त्री ओली पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्ने बताइन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन पाँचजना तयार भएपनि समीक्षा संग्रौलाको बढी ‘म्याच’ गरेकाले उनको मिर्गौला प्रत्यारोपण गरिएको डा. शाहले बताइन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला पनि अझै केही दिन अस्पतालमै रहने पनि चिकित्सकहरुले बताएका छन् ।

संम्बधित खबर

विशेष