News

पहाडपछि आज तराईमा धुमधामका साथ होली मनाइँदै

पहाडपछि आज तराईमा धुमधामका साथ होली मनाइँदै

काठमाडौंः पहाडमा फागु पूर्णिमा अर्थात् होली सकिएसँगै तराईमा भने आज धुमधामका साथ होली मनाइँदै छ ।

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदै छन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ ।

फागु पुर्णिमाका अवसरमा आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता अभिप्रेरित गर्ने यो पर्वमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गरिन्छ ।

पौराणिक कालमा दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा प्रह्लादको विष्णु–भक्तिका कारण होलिका नै भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको लोककथनका आधारमा यो पर्व मनाइन्छ ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ । मिथिलाको प्रभाव क्षेत्रमा भने भोलि मात्रै मनाइने छ ।

होली तराई

विशेष