आज पनि बढ्यो सुनको मूल्य, बन्यो नयाँ कीर्तिमान

काठमाडौंः सुनको मूल्यले मंगलबार फेरि नयाँ कीर्तिमान बनाएको छ । मंगलबार तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
सुन आज तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाऊ भने तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा झरेको छ ।
सुन कीर्तिमान नेपाल सुनचाँदी व्यवसायी महासङ्घ