News

बुवाको हत्या आरोपमा छोरा पक्राउ

बुवाको हत्या आरोपमा छोरा पक्राउ

कपिलवस्तुः बुवा चन्द्रबहादुर जिसीको हत्या गरेको अभियोगमा छोरा वसन्त जिसि पक्राउ परेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुर बस्ने जिसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वसन्तले घरायसी विवाद हुँदा चन्द्रबहादुरलाई इट्टाले टाउकोमा प्रहार गरेका थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए।

उनको सञ्जिवनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले वसन्तलाई पक्राउ गरेको हो ।

कपिलवस्तु पक्राउ हत्या

विशेष