News राजनीति

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच भेट

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौंः नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेट भएको छ ।

सभामुख सचिवालयका अनुसार आज सभामुख सापकोटा र राजदूत क्वात्राबीच शिष्टाचार भेट भएको हो । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीच सम्बन्ध अझै उच्च हुनेमा विश्वास व्यक्त गरेका थिए।

राजदूत क्वात्राले नेपाल आएपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग पनि क्वात्राले भेट गरिसकेका छन्।

अग्निप्रसाद सापकोटा विनयमोहन क्वात्रा

विशेष