News

सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

सामान्य अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने

काठमाडौँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएका छन्।

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने पनि चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधार देखिए पनि तत्काल डिस्चार्ज गर्न नहुने बताइन्। उनले डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने जानकारी दिइन्। ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौं, भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन’, उनले भनिन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । 

 

प्रधानमन्त्री सामान्य अवस्था

विशेष