कतारको जाने कामदारका लागि श्रम स्वीकृति बन्द
काठमाडौँ । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ ।
कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगार विभागले पनि मंगलबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कतारको निर्णयअनुरूप विभागबाट प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । उनले कोरोना भाइरस प्रभावबाट उत्पन्न जोखिम हटेर अर्को सूचना जारी नभएसम्म कामदारका लागि प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित भएको जानकारी दिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
कतार श्रमस्वीकृति बन्द