विदेश

एसियाकै धनि व्यक्तिको सुचिमा रहेनन् मुकेश अम्बानी

एसियाकै धनि व्यक्तिको सुचिमा रहेनन् मुकेश अम्बानी

एजेन्सी । भारतीय उद्योगपति तथा रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी अब एसियाका सबैभन्दा धनी व्यक्तिको दोस्रो स्थानमा परेका छन । 

कोरोना भाइरस (कोभिड–१९) ले थलिएको बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि अम्बानी एसियाकै धनी व्यक्तिको सूचीबाट दोस्रो नम्बरमा परेका हुन् । अम्बानीलाई चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले उछिनेका छन ।

ब्लुमबर्ग बिलिनियर इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि अम्बानीको रिलायन्स इण्डस्ट्री पनि खस्किएको हो । यही कारण अम्बानी दोस्रो स्थानमा पुगेका छन् । 

कोरोना भाइरसका कारण अलिबाबाले पनि केही मुश्किल सामना गर्नुपरेको थियो तर पछिल्लो समय क्लाउड कम्प्युटिङ्ग र मोबाइल एप्समा माग बढेका कारण कम्पनीको प्रदर्शन राम्रो देखिएको हो । एसियाका सबैभन्दा धनी बनेका ज्याक माको सम्पत्ति ४४ दशमलव ५ अर्ब डलर छ, जुन अम्बानीको सम्पत्तिभन्दा २ दशमलव ६ अर्ब डलरले धेरै हो ।

मुकेश अम्बानी

विशेष