कोरोनाबाट बच्न भन्दै मिसावटयुक्त रक्सी खाँदा इरानमा ३६ जनाको मृत्यु

एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्न भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ, भने २७० जनालाई अस्पताल भर्ना गरिएको छ ।
मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । घटनालगत्तै रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । यता इरानमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
योसँगै इरानमा कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने संक्रमितको संख्या ८,०४२ पुगेको छ ।
रक्सी कोरोना भाइरस