लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । लदाखलाई स्वतन्त्रता प्रदान गरेकोप्रति नेपाली एकता समाजले धन्यवाद ज्ञापन गरेको छ । लामो समयदेखि आजादीको माग गरिरहेका लदाखी जनताको माग पूरा गर्न वर्तमान सरकारले भारतीय संविधानको धारा ३७० खारेजीले लदाखलाई स्वतन्त्रता प्रदान भएकोमा एकतासमा जले धन्यवाद ज्ञापन गरेको हो ।
नेपाली एकता समाज भारतले विज्ञप्ति जारी गर्दै धेरै वर्षदेखि जम्मु कश्मिरको अधिनमा रहको लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘लदाख जम्मु–कश्मिरको अधिनमा रहँदा आर्थिक र सामाजिक दुबै पक्षको समस्यो थियो र धेरै वर्षदेखि लदाखले आजादीको माग गरिरहेको थियो । कुनै पनि सरकारले त्यो माग पूरा गर्न सकेको थिएन । अहिले वर्तमान सरकारले मात्रै आफ्ना जनताको आवाजलाई सुनेको छ ।’
वर्तमान सरकाले लदाखी जनतालाई माया गरेझैंँ आफूहरुको शान्ति र सुरक्षाका लागि पनि उचित व्यवस्था गर्ने विश्वास लिइएको छ। त्यस्तै एकता समाजले लदाखका जनाता खुसि हुनु भनेकै त्यहाँ रहेका नेपालीहरुको पनि खुशी हुनु रहेको विज्ञप्तिमार्फत जनाईएको छ ।
नेपाली एकता समाज