गीताको कसम खाँदै कमलले भने, राप्रपा फुट्न दिन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको छोएर कसम खाएका छन ।
उक्त कार्यक्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले कसम खाएका हुन् । एकता घोषणा कार्यक्रममा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताबाट हुटिङ भए पछि राप्रपाका अध्यक्ष कमल थापाले गोजीबाट गीताको पुस्तक निकालेर कार्यकर्ता समक्ष कसम खाएका थिए । त्यस पछि डा.प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जवराले पनि कसम खाएका थिए ।
गीतामा हात राखेर कसम खाँदै राप्रपा अध्यक्ष कमल थापाले भने, ‘म गीता हातमा राखेर भन्छु म राप्रपालाई फुट्न दिन्न ।
गीता कमल थापा कसम