विदेश

कोरोनाको संक्रमण रोक्न युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

कोरोनाको संक्रमण रोक्न युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने बिहीबार बिहानको सम्बोधनमा ट्रम्पले घोषणा गरेका छन् ।

यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । ‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने । –एजेन्सी

डोनाल्ड ट्रम्प कोरोना भाइरस अमेरिका प्रतिबन्ध

विशेष