मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।
रातिः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशकाभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।
रातिः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।
आजको मौसम