News

दीपक बाँनियाले पाए ‘सेक्टर कमान्डर’ को जिम्मेवारी

दीपक बाँनियाले पाए ‘सेक्टर कमान्डर’ को जिम्मेवारी

काठमाडौंः नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । 

हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको ‘सेक्टर कमान्डर’को जिम्मेवारी दिएको घोषणा गरिएको हो । 

सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्ने छन् । उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् । 

उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन् ।  

नेपाली सेना दीपक बाँनिया सेक्टर कमान्ड

विशेष