News

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।

बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र सार्वजनिक संस्थानका कर्मचारी छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेरै सरकारी सेवा प्रवेशदेखि बढुवासमेत भएको पाइएको छ । त्यस्ता कर्मचारीविरुद्ध अख्तियारले उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ता गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

सरकारी जागिर अख्तियार नक्कली प्रमाणपत्र

विशेष