News

बाँकेमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको ज्यान गयो

बाँकेमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको ज्यान गयो

नेपालगञ्जः बाँकेको कोहलपुरमा बससँग ठोक्किएर अटो रिक्सा चालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक जयबहादुर रोकाको ज्यान गएको हो ।

कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि आज बिहान भएको सो दुर्घटनामा ९ जना घाइते भएका छन् ।

भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नम्बरको अटो रिक्सा बिहान करिब ८ बजे ठोक्किएका थिए ।

बस चालक कोहलपुर नगरपालिका–११ का विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बाँके दुर्घटना

विशेष