गौतम बुद्धका अनुसार, कस्ता मानिस बुद्धिमान हुन्छन ?
महात्मा गौतम बुद्धलाई नचिन्ने र उनको बिचारलाई अनुशरण नगर्ने सायदै होलान । गौतम बुद्धले मनुष्यलाई कसरी सरल जीवन बिताउन सकिन्छ भन्ने बारेमा विविध कुरा सिकाएका छन । यसै सन्दर्भमा एकपटक बुद्ध कुरू नगर गएका थिए । कुरू नगरकी महारानी निकै नै क्रुर स्वभावकि थिइन्। जब रानीलाई कुरू क्षेत्रमा बुद्ध आउंदै छन भन्ने थाहा भयो तब उनले आफ्ना सेवकहरुलाई उनको अपमान गर्न भनि आदेश दिईन। रानीको आदेश अनुसार सेवकहरुले पनि बुद्धलाई तथानाम गाली गरे तर पनि बुद्ध एकटकले मुस्कुराई रहे र शान्त नै रही रहे । जुन कुरा उनका शिष्यलाई पटक्कै मन परेन।
बुद्धसामू शिष्यले बिन्ति बिसाए, हामी अब यो क्षेत्र छोडेर यस्तो ठाउँमा जाउ, जहाँ हामीमाथि कसैले दुर्व्यवहार गर्न नसकोस । बुद्धले भने, यो जरुरी छैन कि हामी जहाँ जान्छौं त्यहाँ सबैले हाम्रो आदर नै गरुन, यदि कसैले अनादर गरेको छ भने त्यो स्थान तबसम्म छोड्नुहुँदैन जबसम्म त्यहाको माहोल शान्तिपूर्ण हुँदैन । मानिसको व्यवहार सधै युद्धमा लम्केको हात्तिको जस्तो हुनुपर्छ,जसले चारैतर्फबाट गरेको आक्रमणलाई सहन गर्न सक्छ । ठिक त्यसै गरि हमिलेले कसैको अपशब्दको सहन गर्न सक्नुपर्छ। उनले अझ थपे, संसारमा सबैभन्दा महान व्यक्ति ति हुन् जसले आफुलाई आफ्नो बशमा राख्न सक्छ र कसैको कुरा प्रति उत्तेजित हुँदैन।
संक्षेपमा जान्नुहोस-
अपमानमा उत्तेजित हुनुभन्दा आफैलाई नियन्त्रणमा राख्न सक्नु ठुलो बुद्धिमानी हो।
#गौतम बुद्ध