News

ओखलढुंगामा बोलेरो दुर्घटनाः ११ घाइते, ४ जनाको अवस्था गम्भीर

ओखलढुंगामा बोलेरो दुर्घटनाः ११ घाइते, ४ जनाको अवस्था गम्भीर

ओखलढुंगाः ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बिहीबार विहान बोलेरो गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

विरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटार तर्फ आउँदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो गाडी मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा दुर्घटना हुँदा त्यसमा सवार १२ मध्ये ११ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका बर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बल बहादुर श्रेष्ठ, रामेछापका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका–१२ वस्ने वर्ष ३४ वर्षीय विराज थापा रहेका छन् ।

त्यस्तै दुर्घटनामा पर्साका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, पर्साकै वर्ष २५ की सुगम्भीदेवी मुखिया, उनी ३ वर्षकी छोरी अञ्जु कुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखिया घाइते भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । 

गाडीमा सवार पर्साकै वर्ष १९ का कृष्ण चौधरी भने सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएका बोलेरोका चालक अनिल कुमार सहनी, सुगन्भीदेवी मुखिया र उनका बच्चाहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए । 

घाइते ११ जना मध्ये पनि चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालले जनाएको छ ।  

दुर्घटनामा परेको बोलेरो प्रदेश नम्बर २ को विरगञ्जवाट ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा रहेको महिन्द्रा गाडी सोरुमको सामानसगै सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको प्रहरीले जनाएको छ ।

बोलेरो सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ । बोलेरो दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ । 

ओखलढुंगा बोलेरो गाडी दुर्घटना

विशेष