शिवाकोटीले पाए नेकपा संघीय निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोलखा जिल्ला संघीय निर्वाचन क्षेत्रीय इन्चार्जको जिम्मेवारी प्रदेश सचिवालय सदस्य बालकृष्ण शिवाकोटीलाई दिइएको छ ।
शिवाकोटी नेकपा प्रदेश संगठन कमिटीको बैठकले शिवाकोटीलाई संघीय निर्वाचन क्षेत्रीय इन्चार्जको जिम्मेवारी दिएको हो । दोलखामा संघ अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र छ ।
प्रदेश संगठन कमिटिको चौथो पूर्ण बैठकले उनलाई संघीय निर्वाचन क्षेत्र हेर्नेगरी ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि उनी प्रदेश सभा निर्वाचनमा दोलखा–२ बाट उम्मेदवार बन्ने दौडमा थिए । शिवाकोटी लगानी बोर्डका सदस्य समेत हुन् ।