भारतमा १५ अप्रिलसम्म भिसा निलम्बन गर्ने निर्णय
काठमाडौंः भारत सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण फैलिनबाट रोक्नका लागि भिसा निलम्बन गर्ने निर्णय गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरिएको हो ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक) लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।
१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
कोरोना भाइरस भिसा निलम्बन