कोरोनाको प्रभाव; इटालीमा औषधि र खाद्यान्न बाहेकका सम्पूर्ण पसल बन्द
एजेन्सी । इटलीमा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या व्यापक रुपमा बढ्न थालेपछि औषधि र खाद्यान्न बाहेकका सम्पूर्ण पसलहरु बन्द गरिएको छ ।
इटलीका प्रधानमन्त्री जिसेप कोन्टेले बार, रेस्टुरेन्ट, शैलुन र अति आवश्यकीय बाहेकका सम्पूर्ण कम्पनीका डिपार्टमेन्टहरु बन्द गरिनेबताएका छन तर, होम डेलिभरीको सेवा दिनेहरुलाई भने बन्द गरिएको छैन । विश्व स्वास्थ्य संगठनले यसअघि नै कोभिड-१९ को प्रकोपले महामारीको रुप लिइसकेको जनाएको छ ।
एब्लु.एच.ओ. प्रमुख टेडरोसले संक्रमण नियन्त्रणका लागि गम्भीरतापूर्वक काम नथाल्नेहरुबाट आफू चिन्तित रहेको बताए। विश्वका धेरै देशमा एकै पटक रोगको संक्रमण फैलिनुलाई महामारी भनिन्छ । इटलीका प्रधानमन्त्री कोन्टेले टेलिभिजनमार्फत् सम्बोधन गर्दै पसलहरु बन्द गर्ने लगायतका थप प्रतिबन्धहरु बिहीबारबाट लागू भई आगामी मार्च २५ सम्म कायम रहने बताएका छन ।
यसअघि नै इटलीले स्कुल, जिम, संग्रहालय, नाइट क्लब लगायतका संस्थाहरु बन्द गरिसकेको छ । इटलीमा हालसम्म १२ हजारमा कोरोनाको संक्रमण भएको पुष्टि हुनुका साथै ८२७ जनाको मृत्यु भइसकेको छ ।