कोरोनाको त्रास: भारतले लगायो विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध
एजेन्सी । कोरोना भाइरसको त्रास बढ्दै गएपछि भारतले बिदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएता पनि त्यसले नेपालीलाई भने कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ। यसैबीच भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ । तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।
जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।
भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ ।
प्रतिबन्ध यात्रा बिदेशी नागरिक