News

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रद्ध गर्न र खरिद प्रक्रियामा भएको अख्तियार दुरुपयोगका सम्बन्धमा छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले सरकार–सरकारबीच गर्ने खरिद सम्झौता (जिटुजी) का बारेमा छलफल गर्न मन्त्री र मुख्य सचिवलाई समितिमा बोलाउने र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका लागि लागत अनुमान एवम् गलत डकुमेन्ट तयार गर्ने माथि थप छानविन गर्ने निर्णय गरेको छ ।

बैठकमा समिति सदस्यहरुले सरकारले जिटुजीमार्फत गर्ने समग्र खरिद प्रक्रियामा आर्थिक अनियमिता देखिने गरेको भन्दै सरकारका सबै जिटुजी खरिद प्रक्रिया स्थगन गर्न निर्देशन दिन र सार्वजनिक खरिद प्रक्रियाका सन्दर्भमा समितिमा गंभीर ढंगले छलफल गर्न माग गरे ।

समिति बैठकमा यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले तयार पारेको प्रतिवेदन उपसमिति संयोजक डा. मिनेन्द्र रिजालले समितिमा पेश गर्नुभएको थियो ।

सार्वजनिक लेखा समिति

विशेष