कोरोना विरुद्ध लड्न सार्क ब्यूँताउने प्रधानमन्त्री मोदीको संकेत

कोरोना विरुद्ध लड्न सार्क ब्यूँताउने प्रधानमन्त्री मोदीको संकेत

कोरोना भाइरसले विश्व त्रसित भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नेताहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न बलियो रणनीति बनाउन छलफलका लागि आव्हान गर्नुभएको छ ।

उहाँले आज ट्वीट मार्फत् एक सन्देश जारी गर्दै भन्नुभएको छ, ‘हामी हाम्रा नागरिकहरूलाई कसरी सुरक्षित राख्न भन्ने विषयमा भिडियो कन्फरेन्स मार्फत छलफल गर्न सक्छौं । स्वस्थ विश्वका लागि एकैसाथ योगदान गर्न सक्छौं र हामीले विश्वलाई एउटा उदाहरण प्रस्तुत गर्न सक्छौं ।’

उहाँले विश्वले कोभिड–१९ विरुद्ध लडाई लडिरहेको छ र सरकारी र जनस्तरबाट विभिन्न तहमा यस विरुद्धमा सक्दो प्रयास गरी रहेको उल्लेख गर्नुभयो । उहाँले दक्षिण एशिया विश्व जनसंख्याको ठूलो हिस्सा भएको उल्लेख गर्दै भन्नुभएको छ, “यहाँका मानिस स्वस्थ छन् भन्ने कुराको सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।”

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सो अबवधारणाको स्वागत गर्दै ट्वीट मार्फत् प्रतिउत्तर सन्देश दिदै कोरोना भाइरस विरूद्ध लड्न सार्क नेताहरूबीच बलियो रणनीति बनाउनु पर्ने आवश्यकतामा जोड दिनु भएको छ । 

नरेन्द्र मोदी कोरोना भाइरस

संम्बधित खबर

विशेष