News

कोरोना भित्रिन नदिन सुरक्षामा कडाई

कोरोना भित्रिन नदिन सुरक्षामा कडाई

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ ।

नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो ।

बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए ।उनले भने , “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उहाँले भन्नुभयो, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ”

उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताए । उनले भने , “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  

कोरोना सुरक्षा

विशेष