कोरोना भाइरसका कारण भारतमा पहिलो व्यक्तिको मृत्यु
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण मृत्यु भएको हो ।
भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाकाे मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।
साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयाे । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।
भारतमा हालसम्म कोरोनाबाट ७४ जना मानिसमा कोरोनाको लक्षण देखिएको छ । पछिल्लो २४ घण्टामै मात्रै कोरोनाका १२ बिरामी थपिएका छन् ।
भारतीय कोरोना भाइरस मृत्यु