क्यानडाका प्रधानमन्त्री ट्रूडोकी श्रीमतीलाई पनि कोरोना

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।
त्यसपछि डाक्टरले नमुना परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । क्यानडामा हालसम्म १ सय ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
श्रीमती कोरोना भाइरस क्यानडा प्रधानमन्त्री