News

आजको मौसम: हावाहुरीसहित वर्षा हुने सम्भावना

आजको मौसम: हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौँ । शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । 

पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन । 

शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानले बताए । 

पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।  

 

मौसम

विशेष