विदेश

कोरोना भाइरस: भारतमा विदेशी नागरिकलाई प्रतिबन्ध, नेपालीलाई भने असर नपर्ने

कोरोना भाइरस: भारतमा विदेशी नागरिकलाई प्रतिबन्ध, नेपालीलाई भने असर नपर्ने

काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको थप संक्रमण फैलिन नदिन भारतले बिदेशी नागरिकको यात्रामा प्रतिबन्ध लगाएको छ । 

साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।  

भारत स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो। 

आवतजावतमा कडाई गर्दा यात्रुलाई केहि समस्या देखिने भए पनि नागरिकको स्वास्थ्य सुरक्षा गर्नु सबैको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ ।  

साथै चीन, इटली, इरान, दक्षिण कोरिाय, फ्रान्स, स्पेन र जर्मनीमा फेब्रुअरी १५ पछि पुगेर आएका सबै यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको विज्ञप्तिमा जनाइएको छ ।

 

विशेष