News

अत्याधिक रक्सी खाँदा धनुषामा ६ जनाको मृत्यु

अत्याधिक रक्सी खाँदा धनुषामा ६ जनाको मृत्यु

धनुषा । होलीको दिन अत्याधिक रक्सि खाँदा धनुषामा ६ जनाको मृत्यु भएको छ ।  

अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाकाे जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

मदिरा सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायकले जानकारी दिए । 

 

धनुषा मृत्यु रक्सि

विशेष