News

सिद्धार्थ राजमार्ग भोलिदेखि दैनिक ८ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग भोलिदेखि दैनिक ८ घण्टा बन्द हुने

काठमाडौँ । पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग भोलि चैत १ गतेदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

सडकको घुम्ती कटान गरेर स्तरोन्नति गर्न चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिन लागिएको हो ।

घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

भोली बिहान ७ बजे देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ देखि ११ बजेसम्म सडक बन्द गरेर काम गरिनेछ ।

 

सिद्धार्थ राजमार्ग बन्द

विशेष