News

मोटरसाईकल दुर्घटनामा २ को मृत्यु

मोटरसाईकल दुर्घटनामा २ को मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको  मृत्यु भएको छ ।  

म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
 


 

मोटरसाईकल दुर्घटना

विशेष