युरोप भ्रमणमा अमेरिकाको एकतर्फी प्रतिबन्ध
अमेरिकाले यूरोपका देशहरुको भ्रमणमा लगाएको एकतर्फी प्रतिवन्ध प्रति यूरोपेली संघले आपत्ति जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सङ्क्रमण दल बढ्दै गएको भन्दै यूरोपेली संघ आवद्ध २६ मुलुकहरुको भ्रमणमा प्रतिवन्धको घोषणा गरेका थिए । तर राष्ट्रपति ट्रम्पको निर्णय कुनै सल्लाह बिना एकलौटी रुपमा आएको भन्दै संघले निर्णयको भर्त्सना गरेको हो ।
कोरोनाको सङ्क्रमण विश्वव्यापी संकट भएको र यसको सामना सबै मिलेर गर्नुपर्नेमा एकलौटी प्रतिवन्धको निर्णय आउनु दुःखद भएको संघले जनाएको छ । आजदेखि कार्यान्वयनमा आउने भ्रमण प्रतिवन्धको निर्णयले अमेरिका आफैं र बेलायत बाहेकका मुलुकहरुलाई प्रभाव पार्ने भन्दै संघ आवद्ध मुलुकहरुले अमेरिकी निर्णयको भर्त्सना गरेका हुन् ।