९ दिनपछि प्रधानमन्त्रीको पत्नीसंग भेट

नौ दिन अघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्नी राधिका शाक्यले भेट गर्नुभएको छ ।
उहाँको स्वास्थ्यस्थिति सामान्य भएको भन्दै पहिलो पटक उहाँकी धर्मपत्नी राधीका शाक्यलाई भेटघाट गर्न दिइएको हो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य प्रगति उन्मुख रहेको जनाउँदै भेटघाट गर्न दिएको ट्वीटमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
सल्लाहकार थापाका अनुसार नियमित परीक्षणका नतिजा सामान्य रहेको र उहाँले नियमित रुपमा आहार लिइरहनुभएको छ ।
प्रधानमन्त्री