नगरपालिकाले बाँड्यो कुटी काट्ने मेशिन 

नगरपालिकाले बाँड्यो कुटी काट्ने मेशिन 

जताततै कोरोना भाइरसको चर्चा चलिरहेका बेला झापाको बिर्तामोड नगरपालिकाले भने कृषकलाई कुटी काट्ने मेशिन प्रदान गरेको छ ।

बिर्तामोड नगरपालिकाको पशुपन्क्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रम अन्तर्गत नगर क्षेत्रका ७० जना कृषकलाई कुटी काट्ने मेशिन प्रदान गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालगायत व्यक्तिहरुले उक्त मेशिन कृषकलाई हस्तान्तरण गर्नुभएको थियो ।

साझेदारी अनुदान कार्यक्रम अन्तरगत कृषकलाई बिर्तामोड नगरपालिकाले ४५ वटा र सहारा नेपाल साकोसले २५ वटा मेशिन दिएका हुन् ।

यी मेशिन किन्न ६ लाख ४० हजार खर्च भएको छ । 

बिर्तामोड कृषक

संम्बधित खबर

विशेष