कस्तो रहला आजको मौसम?

काठमाडौंः देशका अधिकांश भू–भागमा शनिबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यस्तै शनिबार राति देशका अधिकांश भू-भागमा सामान्य बदली रहने छ ।
देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
मौसम जल तथा मौसम पूर्वानुमान महाशाखा